Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्थगित भयाे तीनकुने क्षेत्रको कर्फ्यु


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 472
    SHARES

स्थगित भयाे तीनकुने क्षेत्रको कर्फ्यु

शनिबार, १६ चैत । काठमाडौंमा जारी गरेको कफ्र्यु हटेको छ । काठमाडौं जिल्ला प्रशासनले जारी गरेको कफ्यु आज बिहानसम्मका लागि थप गरिएको कफ्र्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कफ्र्यु आदेश गरेको थियो । रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कफ्र्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो । शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कफ्र्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार