Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपा कञ्चन गाउँ कार्यसमिति, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा


  • लुम्बिनी चिन्तन
  • चैत्र १४, २०८१ शुक्रवार
  • 486
    SHARES

राप्रपा कञ्चन  गाउँ कार्यसमिति, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

भैरहवा, १५ चैत्र ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चन गाउँ कार्यसमिति, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । बिहीबार भएको अधिवेशनले दुर्गा बहादुर थापाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।कार्यसमितिको उपाध्यक्षमा कृष्ण बहादुर ठकुरी, रेणु बोहरा, सचिवमा गिरी प्रसाद पुन, सह–सचिवमा शान्ता घिमिरे र कोषाध्यक्षमा तारा क्षेत्री रहेका छन् ।सदस्यहरुमा सरिना श्रेष्ठ, बुद्धिराज ठाकुर, भक्ति प्रसाद सापकोटा, तेज बहादुर दमाई, ज्योती नारायण शर्मा, दुर्गा बहादुर भुजेल, पवन परियार, चमेली परियार, तिल बहादुर दगामी, पदम बहादुर मल्ल, देवी काउचा, दुर्गा लोध, बल बहादुर जि.सी., मिन बहादुर राना, रामु राई, किशन बहादुर ठकुरी र धन बहादुर क्षेत्री रहेका छन् ।
दुर्गा बहादुर थापाको राप्रपाका केन्द्रीय सदस्य मीन प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यता, नेता चन्द्रशेखर पाण्डेय, जिल्ला निर्वाचन समिति संयोजक सिताराम सिंह, जिल्ला सह–सचिव शंकर खत्री, जिल्ला सदस्य सुर्य बहादुर कार्की सैनामैना नगरपालिका अध्यक्ष सुर्य बहादुर खत्री लगायतको आतिथ्यता तथा गिरी प्रसाद पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार