भैरहवा, चैत्र ०६ । “स्वस्थ मुस्कान, स्वस्थ जीवन!“ भन्ने नाराका साथ युसिएमएस भैरहवाले निःशुल्क दन्त परीक्षण तथा उपचार सेवाहरूमा २५% छुटको दिने भएको छ ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल युसिएमएस भैरहवाले निःशुल्क दन्त परीक्षण तथा उपचार सेवाहरूमा २५% छुटको व्यवस्था गरेको युसिएमएसका सह प्रचार्य प्रोफेसर डा. हेमन्त हलुवाईले जानकारी दिनु भयो ।
अस्पतालले यहि चैत्र ७ गते अर्थात २० मार्चमा श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा निशुल्क दन्त परिक्षण गराउनु पाउने सह प्रचार्यले बताउनु भयो ।
अस्पतालले हरेक वर्ष विश्व मुख स्वास्थ्य दिवसमनाउदै आएको पनि उहाँले बताउनु भयो ।
“प्राय हामी जति शरिरलाई महत्व दिने गर्दछौ त्यती दाँतलाई दिँदैनौ, दाँतले गर्दा हाम्रो शरिरमा धेरै समस्या आउने गर्दछ” उक्त समस्या आउनबाट सचेत गराउनका लागि शिविर कार्यक्रमको आयोजना गर्न लागेको सह प्रचार्यले बताउनु भयो ।
दैनिक जीवनमा हामी हाम्रो दाँत र गिजाको महत्त्व बिर्सन सक्छौं। तर, मुख स्वास्थ्यको बेवास्ताले हाम्रो मुस्कान मात्र होइन, हाम्रो समग्र स्वास्थ्यलाई पनि गम्भीर असर पुर्याउन अस्पतालको इन्र्टन डा. समृद्धि गजमेरले बताउनु भयो ।
मुखको स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यसँग विभिन्न तरिकाले जोडिएको हुन्छ जस्तै, मुटुको स्वास्थ्यः अनुसन्धानले देखाएको छ कि गिजा रोगले मुटुरोगको जोखिम बढाउन सक्छ।
यसैगरी मधुमेहः गिजासम्बन्धी समस्याहरू भएका व्यक्तिहरूलाई मधुमेह हुने सम्भावना बढी हुन्छ ।
पोषणः स्वस्थ मुखले हामीलाई खाना चपाउन र सही रूपमा पाचन गर्न सहयोग गर्छ, जसले समग्र स्वास्थ्य सुधार गर्छ। आत्मविश्वासः सफा र सुन्दर मुस्कानले हाम्रो आत्मविश्वास बढाउँछ।
जीवनशैलीको गुणस्तर राम्रो मुख स्वास्थ्यले हामीलाई सहज रूपमा खान, बोल्न, र समाजसँग घुलमिल हुन मद्दत गर्दछ ।
युसिएमएसमा इन्टरन डा. रिद्धिमा सिंहले दिनमा कम्तीमा दुई पटक दाँत माझ्नुपर्ने र दिनमा एक पटक फ्लस गर्नुपर्ने बताउनु भयो । नियमित चेकअपले प्रारम्भिक समस्या पहिचान गर्न मद्दत मिल्ने पनि उनले जानकारी दिइन् ।
फलफूल, हरियो सागसब्जी, र अन्नजन्य खाना खानाले दाँत र गिजालाई स्वस्थ हुन्छ ।
तमाकु र चिनी भएका पेय पदार्थहरूले दाँत बिग्रने र गिजासम्बन्धी समस्या उत्पन्न गर्ने खतरा बढ्ने अस्पतालले जनाएको छ ।
त्यसैगरी, अस्पतालले श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा दन्त स्वास्थ्य शिविर सञ्चालन र मुख स्वास्थ्य किट वितरण गर्ने जनाएको छ । जसबाट जेष्ठ नागरिकहरू र साना बालबालिकाहरूले घरमै दन्त सेवा प्राप्त गर्न गर्न सक्छन ।