भैरहवा फागुन ५
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर द्धारा आयेजित बृहत मुटु स्वास्थ शिबिर सम्पन्न भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, बिकाश कोष , जन उत्थान साकोस , ग्रीन युथ अफ लुम्बिनीको सहकार्य तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहयोगमा भगवानपुर आदारभुत बिद्धालयको प्राङ्गढमा शिविर समपन्न समपन्न भएको हो ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष रोटरीयन ओम जैसीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रुपन्देही ५ मा बासुदेब घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न शिविर ८ सय ७६ जना बिरामीहरुले स्वास्थ्य लाभ लिएका थिए ।
लुम्बिनी सांस्कृतीक नगरपालिकाका नगरप्रमुख सलाउद्दिन मुसलमान, मुटुरोग बिशेज्ञ डा समिर गौतम , वडा नम्वर १ वडा अध्यक्ष शुरज कलवार , बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष गंगा सागर अग्रहरी , जन उत्था साकोसका लुम्बिनी सेवा केन्द्र संयोजक सफिक अंसारी, कार्यक्रमका संयोजक तथा क्लबका पुर्ब अध्यक्ष जितेन्द्र नाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सो शिविरमा ८७६ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जस्मा सुगर , बि.पि. , इ.सि.जी. , ईको लगायत रहयो र औषधी समेत निशुल्क बितरण गरिएको थियो । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर सचिव दिनेश अग्रवालको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।