Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

१ सय ५० करोडको लागतमा भैरहवामा सुबिधा सम्पन्न क्यान्सर अस्पताल निर्माण हुने


  • लुम्बिनी चिन्तन
  • पौष १३, २०८१ शनिवार
  • 426
    SHARES

१ सय ५० करोडको लागतमा भैरहवामा सुबिधा सम्पन्न क्यान्सर अस्पताल निर्माण हुने


भैरहवा पौष १३/
रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल बन्ने भएको छ । बि सं २०८३ साल बैशाख देखि संचालनमा ल्याउने गरि भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण हुने भएको हो । करिव १ सय ५० करोडको लागतमा २.५ बिगाहा क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ । 
आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक बिशेषज्ञ डा सागर पोखरेल, युरोपमा कार्यरत युवा ब्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा बिगत १० बर्ष देखि सिद्धार्थनगर सिटी अस्पताल संचालन गरिरहेका अर्जुन पौडेलको सहयोगमा  उक्त अस्पताल निर्माण हुने तयारी अन्तिम चरणमा रहेको छ ।साथै यस रूपन्देहीका केही युवा व्यवसायीहरूको समेत लगानी रहेको छ।  
क्यान्सर रोगको उपचारको लागी अत्याधुनिक उपकरण लिनियर एक्सिलेटरको सुविधा सहित संचालन हुने यस अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल रहेको छ । अस्पतालका प्रमुख संरक्षक अर्जुन पौडेलको अनुसार यस अस्पतालको भवन निर्माणको लागी नक्साङ्कन र वातावरणिय प्रभाव मुल्याङ्कनको काम भइसकेको छ । 
अर्जुन पौडेलका अनुसार बि सं २०७६ साल माघमा आमा सुमित्रा उपाध्यायको क्यान्सर रोगको उपचारको लागी दिल्लीको राजिव गान्धी अस्पताल पुगेर करिव १ महिना १५ दिन उपचार गराएर आमालाई लिएर नेपाल फर्किएपछि क्यान्सर रोगकै कारण बि सं २०७७ साल कार्तिकमा आमाको निधन भएको थियो। हाम्रो टिमले  क्यान्सर रोगको उपचार पद्दती भित्र्याउने उद्देश्यका साथ संभावयता अध्ययन गर्न थाइलेण्ड, बंगलादेश, भारत र संयुक्त राज्य अमेरिका (युएसए) मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालहरुमा पुगेर अध्ययन गरेपछि निर्माणको तयारी थालेको बताउछन् । 
  यो अस्पताल १ सय बेड क्षमताको हुनेछ । क्यान्सर स्पेशलिष्ट अस्पतालको रुपमा अस्पताल अघि बढेको छ । अर्जुनले सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगको रुपमा क्यान्सर अस्पताल संचालनमा ल्याउन लागिएको बताए सिद्धार्थ नगरसिटी हस्पिटलसित  सहकार्य गरी यस अस्पतालले कार्य गर्नेछ। । अहिले पनि क्यान्सर रोगको उपचारको लागी नेपालका पश्चिम क्षेत्रका नागरिकहरु काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता रहेको छ । 
क्यान्सर रोगका बिरामीहरु आफैमा एकदमै कमजोर हुने हुनाले टाढा जानुपर्ने बाध्यात्मक परिस्थितीका कारण दुख पाउने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको डा सागर पोखरेल बताउछन् । सागर भन्छन् आफु जन्मिएको देशमा लगानी गरौं भन्ने उद्देश्यका साथ अस्पताल निर्माण शुरु गर्न लागिएको हो । 
अस्पतालका आर्का लगानीकर्ता हरी खत्रीले अस्पतालमा क्यान्सर रोगको सबैखालको उपचार हुने गरी संचालनमा ल्याउने बताए । खत्रीले पश्चिम नेपालमा क्यान्सर रोगको उपचारलाई कठिनाइ भएको महसुस गर्दै आफुहरुले लगानी गर्न लागेको जानकारी दिए । अस्पतालमा क्यान्सर रोग बाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पिडितको परिवारले पनि लगानी गर्न मिल्ने गरि उच्च प्राथमिकतामा राखिएको लगानीकर्ताहरुको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार