Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिमावासी संग सशस्त्र कार्यक्रम अन्तरगत रुपन्देहीको कालीदहमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न


  • लुम्बिनी चिन्तन
  • पौष १३, २०८१ शनिवार
  • 460
    SHARES

सिमावासी संग सशस्त्र कार्यक्रम अन्तरगत रुपन्देहीको कालीदहमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न


भैरहवा पौष १३/
सिमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी वल नेपाल २७ नं गण हेडक्वाटर रुपन्देहीले शनिवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडानं १३ कालीदहमा नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
रोटरी क्लव अफ भैरहवा संगको समन्वयमा विशेषज्ञ चिकित्सकद्धारा आंखा , स्त्री रोग तथा परामर्श सेवा लगायत अन्य बिभिन्न रोगहरुको परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम गरेको सशस्त्र प्रहरी वल २६ नं का सस्शत्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । 

cc.jpg
सशस्त्र प्रहरी सिमा सुरक्षामा मात्र नभएर सिमा क्षेत्रमा रहेका स्थानिय संग समेत बिभिन्न सरोकारका बिषयहरुमा समन्वय गरेर काम गर्ने भएकाले सशस्त्र प्रहरी वल २७ नं हेडक्वाटर रुपन्देहीले जिल्लाको दक्षिणी क्षेत्र कालीदहमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।

aa.jpg
शिविरमा बिभिन्न रोगका तिन सय ६० बढी बिरामीहरुले लाभ लिएका थिए । रोटरी क्लवले स्वास्थ्य , शिक्षा लगायत बिभिन्न क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ भैरहवाका अध्यक्ष राम प्रसाद पन्थीले बताए । हामीले प्रत्यक्ष जनताले लाभ लिन सक्ने क्षेत्रमाकाम गर्ने बताउदै यस शिविर वाट सिमावर्ती क्षेत्रमा रहेका आम नागरिकले लाभ लिएको बताए ।

bb.jpg
समय समयमा बिभिन्न संघ संस्थाहरुले आयोजना गर्ने बिभिन्न स्वास्थ्य शिविरले स्थानिय सरकार र त्यहा रहेका आम सर्वसाधारणले लाभ लिने लुम्बिनी सास्कृतीक नगरपालिकाका उपमेयर कल्पना हरीजनले बताईन । 
कार्यक्रममा लुम्बिनी नेत्रालयका संचालक हीरा शाहले शिविर बाट स्थानिले पुर्ण लाभ लिन सक्ने बताए । सशस्त्र प्रहरी वलले सिमाको सुरक्षा मात्र नगर्ने स्थानियको स्वास्थ्यका बिषयमा समेत चासो राखेको बताउदै शिविर बाट लाभ लिन उनले आग्रह गरे । 

dd.jpg
लुम्बिनी सांस्कृतीक नगरपालिका वडानं १३ मा आयोजित निशुल्क शिविरमा तिनाउ ईन्टरनेशनल हस्पिताल बुटवल र लुम्बिनी नेत्रालय भैरहवाले प्राविधीक दक्ष जनशक्ती उपलब्ध गराएका थिए । 
शिविरमा नेपाल भारत सिमा क्षेत्रका सर्वसाधारणहरु सहभागी रहेका थिए । 

ff.jpg


लुम्बिनी चिन्तन

थप समाचार