Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रोहिणी गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०८१ शनिवार
  • 502
    SHARES

रोहिणी गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास


भैरहवा मंसिर २२/
रोहिणी गाउँपालिकामा १५ शैयाको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । रोहिणी–३ स्थित लक्ष्मीनगरमा निर्माण हुने अस्पतालको शनिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका छन् । 
११ करोड २३ लाख ४२ हजार १ सय ६८ रुपैयाँमा लागतमा अस्पताल भवन निर्माण हुन लागेको गांउपालिका अध्यक्ष यादवले बताए । 
अस्पताल निर्माण भएपछि रोहिणीसँगै ओमसतिया गाउँपालिका र पश्चिम नवलपरासी जिल्लाका बिरामीको उपचार गर्न सहज हुने अध्यक्ष यादवले बताए । अस्पताल भवन  १ विगाह ११ कठ्ठा क्षेत्रफलमा बन्न लागेको हो । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले अस्पताल निर्माण भइसकेपछि सामान्य उपचारका लागि पनि रोहिणी गाउँपालिका बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता एवं रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
अस्पताल भवन निमार्णका लागी आकृति एभरेष्ट गंगोत्री देवी जे.भी., बुटवल–८ले टेण्डर प्राप्त गरेर काम सुरु गरेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले बताए । सम्झौता अनुसार निर्माण कम्पनीले २०८३ कार्तिक २२ गतेसम्म अस्पताल भवन निर्माण गर्नुपर्नेछ ।


लुम्बिनी चिन्तन

थप समाचार