Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीद्वारा तीज मिलन


  • लुम्बिनी चिन्तन
  • भाद्र १९, २०८१ बुधवार
  • 302
    SHARES

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीद्वारा तीज मिलन

भैरहवा भाद्र १९/

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीले मंगलबार भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । 
महिला दिदीबहिनीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको संगठनको रुपन्देही जिल्ला अध्यक्ष मीना देवी रिमालले बताइन् । उनले कला–संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘जातीय, क्षेत्रीय भावना त्यागेर राष्ट्रिय भावनाको विकास गर्नुपर्छ ।’
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले तीज पर्वमा महिलाहरु घरबाट निस्कनु पहिलो सामाजिक क्रान्ति भएको बताइन् । उनले तीज पर्वलाई दुःखसुख साट्ने थलो बनाए र आफ्ना छोरीहरुलाई शिक्षाबारे प्रेरणा दिए अत्यन्तै राम्रो हुने बताइन् । 
केन्द्रीय सदस्य थापाले लक्ष्य प्राप्तीका लागि गरिएको संघर्षबारे सिक्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई संविधानले दिएको अधिकार सुनिश्चित भए पनि कति प्रतिशत महिला कार्यकारी पदमा पुगे भन्ने कुराको समीक्षा आवश्यक रहेको बताइन् । केही दिन पहिले रुपन्देहीको मर्चवारमा भएको बलात्कारको घटनामा सम्लग्नहरुलाई अनसन्धान गरी कडा सजाय गर्नु पर्ने बताईन । 
उनले पार्टीलाई बलियो बनाए अवसर अवश्य नै प्राप्त हुने बताइन् । काम नगरी नेतृत्व तहमा पुग्न नसकिने उनको भनाइ छ । पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न उनले महिलाहरुलाई आग्रह गरिन् । 
त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला नेतृत्वको योगदान र आन्दोलनका कारण आफू यो पदमा पुग्न सफल भएको बताइन् । 
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी कोषाध्यक्ष अप्सरा शाहीले विगतका वर्षहरुझै यस वर्ष पनि हरितालिका तीजको अवसरमा संगठनले कार्यक्रम गरेको बताइन् ।
संगठनकी रुपन्देही जिल्ला उपाध्यक्ष पुनम चौधरीको स्वागत तथा सचिव प्रतिमा काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देही उपाध्यक्ष पदमा थापा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतिया गाउँपालिका अध्यष चित्रलेखा चौधरी लगायतले बोलेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार