Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

२४ सुत्रिय माग राख्दै लुम्बिनी होटल संघले लुम्बिनी सास्कृतिक नगरपालिकामा ज्ञापनपत्र बुझायो


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०८१ बुधवार
  • 300
    SHARES

२४ सुत्रिय माग राख्दै लुम्बिनी होटल संघले लुम्बिनी सास्कृतिक नगरपालिकामा ज्ञापनपत्र बुझायो


भैरहवा भदौ १२,/
लुम्बिनी होटल संघले बिभिन्न २४ सुत्रिय माग राख्दै लुम्बिनी सांस्कृतीक नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
भगवान गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनी आफैमा बिश्व जगतकै महत्वपूर्ण स्थान रहेका पनि लुम्बिनी सांस्कृतीक नगरपालिकाले लुम्बिनीको पर्यटन क्षेत्रमा वेवास्था गर्दै आएकाले बिभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।  बुद्ध जन्म स्थल हुनुका नाताले यस नगरपालिकामा हरेक बर्ष ठूलो संख्यामा पर्यटकको आगमन हुने गर्दछ , पर्यटकको आगमनले पर्यटन क्षेत्रमा सरकारी मात्र होइन निजि क्षेत्रको पनि ठूलो लगानी छ तर अभिभावक बनेको लुम्बिनी संस्कृतीक नगरपालिकाले पटक पटक पर्यटन क्षेत्रमा वेवास्ता गरेका कारण हामीले पहिलो पटक चेतावनी स्वरुप ज्ञापन पत्र बुझाएका छौ अध्यक्ष ज्ञवालीले भने ।
लुम्बिनीलाई वास्तवमै गर्व गर्न लायक बनाउन सक्ने पर्यटन क्षेत्रलाइ सोही अनुसार बनाउन लुम्बिनी होटल संघ नेपाल तयार छ तर नगरपालिकाले कहीले पर्यटन क्षेत्रको बिकासलाई सोचेन हामी दुखी छौ ज्ञवालीले भने ।
ज्ञापनपत्र बुझदै लुम्बिनि सांस्कृतीक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले होटल संघले उठाएका मुद्धाहरु जायज रहेको बताउदै नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । 

hotal 3.jpg
लुम्बिनी होटल संघले २०८१÷८२ को बजेटले त पर्यटन क्षेत्रलाई निशेध गरेकाल यसलाइ सच्च्याउन माग गरेको छ । लुम्बिनीको हालको पर्यटन क्षेत्रमा परेको ब्यबसायिक मन्दीको प्रभावलाइ न्युनिकरण गर्ने योजना तयार गरेर अगाडी बढाउन आग्रह गरेको छ । त्यसैगरी लुम्बिनीको फोहोर ब्यबस्थापनको कार्य पुरा गर्न माग गरेको छ । लुम्बिनी बजारमा निर्मित पर्यटन सुचना केन्द्र तुरुन्त संचालन गर्न आग्रह गरेको छ ।
त्यसैगरी लुम्बिनी वरपर सडक, फुटपाथ, नाली बनाइ फुटपाथमा विभिन्न फुल बोटबिरुवा रोपि, आबस्यकता हेरि सार्वजनिक शौचालय, पिउने पानीको ब्यबस्था र सौन्दर्यीकरण गर्न माग गरेको छ । सडक बत्ती बिस्तार गरि पर्सा तेलार पुल देखि पर्सा चोक सम्म, लोखडिया चोक देखि पडरिया सम्म पुर्याइयोस र महिलवार ५ नम्बर गेट मुख्य चोक ,पर्सा चोक देखि लन्कापुर सम्मको बत्ती पनि मर्मत गरि ब्यवस्थित गर्न माग गरेको छ ।
लुम्बिनी बजारको बाटो, तेलार नदिको डाइभर्सन, पर्सा चोकको बाटिका, होटल क्षेत्रको बाटोघाटो लगायतले पर्यटन क्षेत्रमा नकारात्मक असर परेकोले त्यसलाइ यथासक्य छिटो पूरा आग्रह गरेको छ । लुम्बिनीको विभिन्न स्थानमा पर्यटकिय सुचना पाटी राख्न माग गरेको छ । पर्यटन क्षेत्रको बिकास गर्न र अन्य पर्यटन सङ्ग सम्बन्धित संघ सस्थहरु मिलेर आगामी दिनमा बिभिन्न  कार्यहरु अगाडि बढाउन सुझाव दिएको छ ।
लुम्बिनी सांस्कृतीक नगरपालिकाले बुद्ध जयन्तीलाई पुर्ण रुपले बेवास्ता गरेकोले बुद्ध जन्मस्थल रहेको नगरपालिकाले बुद्ध जयन्ती मनाउदैन भन्दा राष्ट्रिय अन्तरास्ट्रिय रुपमा समेत लाजको बिषय बनेको अवस्थामा आगामी दिनमा बुद्ध जयन्ती भब्य रुपमा कार्यक्रम गरि मनाउने ब्यबस्था गर्न माग गरेको छ ।
नगरपालिका भित्र हुने चैत्र मेला जस्तै उत्सब महोत्सबहरु बाट हुने पर्यटकिय वातावरणलाई आय आर्जन सङ्ग जोड्न योजना बनाउन माग गरेका छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार