Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०८१ मंगलवार
  • 438
    SHARES

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक

भैरहवा, भदौ ११  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् ।पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन् । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएको छ । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ ।पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार