Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०८१ मंगलवार
  • 300
    SHARES

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भैरहवा, भदौ ११ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकका सम्भावित कार्यसूचीः

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

सन्देशको जानकारी

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने ।

प्रश्नोत्तर

स्वास्थ्य तथा जनसंख्या; वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

व्यवस्थापन कार्य

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१“ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

शोक प्रस्ताव

सभामुखले निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्ने–
’राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वि.सं. २०५६ सालमा सर्लाही जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य, वि.सं. २०६३ सालमा पुनर्स्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद सदस्य एवं पूर्व भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री, सरल र मृदुभाषी रामचन्द्र राय यादवको ७१ वर्षको उमेरमा मिति २०८१ साल साउन ०६ गते आइतबार असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’


लुम्बिनी चिन्तन

थप समाचार