Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पद खोसिएका चार मन्त्रीको शपथ ५ बजे


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 1.1K
    SHARES

पद खोसिएका चार मन्त्रीको शपथ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज शपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

‘साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए । पुनर्नियुक्ति पाएसँगै उनीहरूले शुक्रबार शपथ लिने भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । बिहीबार मात्रै मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले पद गुमेको थियो ।

मनतर_नयकत_2077-12-27_VbL0C9fVSN.jpg


लुम्बिनी चिन्तन

थप समाचार