Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनीमा पर्यटन क्षेत्रमा लागानी बिस्तार गर्न द ग्रुप अफ लुम्बिनीको स्थापना


  • लुम्बिनी चिन्तन
  • भाद्र १०, २०८१ सोमवार
  • 2.2K
    SHARES

लुम्बिनीमा पर्यटन क्षेत्रमा लागानी बिस्तार गर्न द ग्रुप अफ लुम्बिनीको स्थापना


भैरहवा भदौ १०/
लुम्बिनीमा पर्यटन क्षेत्रमा लागानी बिस्तार गर्न द ग्रुप अफ लुम्बिनीको स्थापना गरिएको छ ।  

शेखर कार्कीको अध्यक्षतामा गठन गरिएको ग्रुपको सदस्यहरुमा जगत थापा , रण प्रसाद कण्डेल , मिथुन मान श्रेष्ठ , धिरज भण्डारी , गोबिन्द ज्ञवाली , पुरुषोत्तम अर्याल  , एक राज कण्डेल , दिपक पङ्गेनी  , हरि भण्डारी रहेका छन् । त्यसैगरी किरण चन्द्र पौडेल , सुशील गैरे , भुपेन्द्र गुरुङ , कृष्ण बहादुर खत्री  र  खिम श्रेष्ठ सदस्य रहेका छन् ।  
द ग्रुप अफ लुम्बिनीले लुम्बिनीको पर्यटन क्षेत्रमा लगानी गर्नका लागी पर्यटन सहकारी देखी लिएर स्तरिय होटल सम्मका योजनाहरु बनाएको ग्रुपमा अध्यक्ष अध्यक्ष शेखर कार्कीले बताए । 
लुम्बिनीका पर्यटन ब्यबसायीहरुको भेलाले लुम्बिनीकै पर्यटन क्षेत्रमा लागानी बिस्तार गर्ने उद्देश्य सहित द ग्रुप अफ लुम्बिनी स्थापना भएको छ अध्यक्ष कार्कीले भने ।  

लुम्बिनीबाट शुरु भएर पर्यटन क्षेत्र मुख्य रहने गरी विभिन्न नाफामुलक क्षेत्रमा लगानी गरि मुलुकको एउटा प्रतिष्ठित ब्यबसायिक लगानी कर्ता ग्रुप बनाउने उदेश्य अनुसार द ग्रुप अफ लुम्बिनी गठन गरीएको हो  । 

ग्रुपले प्रथम चरणमा २ महिना भित्र एउटा पर्यटन सहकारी खोल्ने  , एक बर्ष भित्र एउटा मिनि डिपाटमेण्टल स्टोर खोल्ने , दुई बर्ष भित्र एउटा पर्यटक स्तरिय रेष्टुरेन्ट खोल्ने , पाँच बर्ष भित्र लुम्बिनी वरिपरि एउटा पर्यटक स्तरिय होटल संचालन गर्ने लगायतका कामहरु गर्ने छ ।  


लुम्बिनी चिन्तन

थप समाचार