Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गृहमन्त्री थापालाई माओवादी केन्द्रले हटायो सांसदबाट


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 1.3K
    SHARES

गृहमन्त्री थापालाई माओवादी केन्द्रले हटायो सांसदबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।

नेकपा एमालेको सदस्य भइसकेकाेले हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले भने, अब माओवादी केन्द्रको सांसद रहनु भएन। अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो । दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार