Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

युनिभर्षल मेडिकल कलेज द्धारा मर्चवारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना


  • लुम्बिनी चिन्तन
  • भाद्र १, २०८१ शनिवार
  • 604
    SHARES

युनिभर्षल मेडिकल कलेज द्धारा मर्चवारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना


यम प्रसाद रेग्मी , भैरहवा भाद्र १,
युनिभर्षल मेडिकल कलेज भैरहवाको आयोजनामा शनिवार रुपन्देहीको मर्चवारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
युसिएमएसले निसुल्क बस सेवा मार्फत सेवा प्रदान गरीरहेका स्थानहरुका बिरामिहरुलाई सेवा प्रदान गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेको छ । 
युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल , भैरहवाको प्राविधिक सहयोग तथा शुभ अवसर ग्राम नेपाल र मर्चवारि गाउँपालिकाको साझेदारिमा आधारभुत स्वास्थ्य केन्द्र मर्चवारि ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 
रुपन्देही जिल्लाकै बिकट मानिने यो ठाउँमा युसिएमएसले हरेक आइतबार निशुल्क बस सेवा संचालन गरेकोले बिरामिहरुलाइ आवत जावत गर्न अत्यन्त सहज बनाएको मर्चवारबासिले  महसुस गरेकोमा निशुल्क शिविरले थप सहयोग गरेको स्थानियको भनाई छ । 

aa.jpg
मर्चवारि गाउपालिकाका अध्यक्ष अध्यक्ष गया प्रसाद बरइले मर्चवारि गाउपालिका पिछडिएको ठाउ भएकोले यहाँ गरिव असाहाय लाई नि शुल्क सेवा दिने सोचका साथ यस शिविरमा एक्सरे देखि ल्याव सम्मको सेवा साथै नि शुल्क  औषधि रहेको बताउनु भयो  । 

bb.jpg
त्यस्तै मर्चवारि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराईले बोल्दै यस ठाउका आर्थिक अवस्था कमजोर भएका औषधि उपचार गर्न नसकेका बिरामिहरुलाइ यहाँ उपचार गराएर रोग पत्ता लगाइ शिविरमा उपचार गर्न नसकिने बिरामीहरुलाइ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवा जान सल्लाह दिइने बताउनुभयो ।

cc.jpg
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख तेज कुमार केशीले युसिएमएसको मुख्य उद्देश्य जुन ठाउमा समुदायमा विशेषज्ञ सेवाबाट वन्चित छन् त्यस्तो यस्तो ठाउमा गएर सर्वसुलभमा गुणस्तरीय सेवा दिने उद्देश रहेको बताउनु भयो ।

dd.jpg
बृहत निःशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सक ,बाल रोग, हाड जोर्नि तथा नशा रोग, नाक कान र घाटि रोग, छाला तथा यौन रोग , दात तथा गिजा रोग , महिला रोग, इ.सि.जि , भिडियो एक्स रे , ल्याव सेवा र निशुल्क औषधि बितरण जस्ता सेवाहरु प्रदान गरिएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार