Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिटि अस्पतालमा सुरू भयाे कपाल प्रत्यारोपण सेवा


  • लुम्बिनी चिन्तन
  • चैत्र २६, २०७७ बिहिवार
  • 2.3K
    SHARES

सिटि अस्पतालमा सुरू भयाे कपाल प्रत्यारोपण सेवा

भैरहवा । सिदार्थनगर सिटि अस्पताल भैरहवामा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । आवरण क्लिनिक दरवारमार्ग काठमाण्डौं र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.ली. भैरहवा को सहकार्यमा आवरण क्लिनिक का सञ्चालक डा. आयुष्मान धिमिरे द्धारा  सिद्धार्थनगरपालिका ९ निवासी स्थानिय हरि अधिकारीको सफलता पूर्वक कपाल (रोप्ने) प्रत्यारोपण गरिएको छ । विदेशमा बस्दै आएका अधिकारीले भैरहवामा रहेको सिटि अस्पताल बाट सेवा लिएका हुन । बिदेशमा यो सेवा घेरै खर्चिलो हुने भएकोले आफ्नै ठाउमा कम खर्चमा सेवा लिन पाउदा आफु अत्यन्तै सन्तुष्ट भएको अधिकारीले बताए ।

यस क्षेत्रमै पहिलो पटक कपाल प्रत्यारोपण सेवा शुरु गरिएको हो । अस्पतालले नया भवनमा सेवा सञ्चालन भएसंगै स्कीन लेजर सर्जरी लगाएतका अन्य कस्मेटिक सेवाहरु पनि शुरु गरिने अस्पताल निर्देशक डा. अमित चतुर्वेदीले जानकारी दिए । निःसन्तान दम्पत्तीहरुको लागि कृत्रिम गर्भाधान सेवा पनि छिट्टै सञ्चालन गर्ने जानकारी अस्पातलका प्रबन्घ निर्देशक अर्जुन पौडेलले बताए ।  

पश्चिम नेपालका क्षेत्रहरुलाई समेट्ने गरी काठमाण्डौंको प्रतिष्ठित कृत्रिम गर्भाधान केन्द्र र सिद्धार्थनगर सिटी हस्पिटलको संयुक्त लगानीमा यो सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । यस क्षेत्रमा धेरै निःसन्तान र बाझोपनको समस्या देखिएको कारण अस्पताल बाट सेवाग्राहीले फाईदा लिने पौडेलले बताए । अस्पतालमा विशेष गरी यस क्षेत्र र छिमेकी देश भारतबाट पनि सेवाग्राही आउने विश्वास गरिएको छ । काठमाण्डौ बाहिर अत्याधुनिक उपकरण र विशेषज्ञ डाक्टरहरुबाट उपचार गर्ने व्यवस्थासहितको सम्भबतः पहिलो सेवा केन्द्र रहेको पौडेलको दावी छ ।

स्त्री रोग, प्रस्तुति रोग विशेषज्ञसहित भ्रुण रोग विशेषज्ञद्धारा प्रत्यक्ष निगरानीमा सेवा प्रदान गरिने भएकोले धेरै सेवाग्राहीहरु लाभान्वित हुने उनले बताए । काठमाण्डौको प्रतिष्ठित हस्पिटलसंगको सहकार्यमा सुरु गर्न लागेको यो सेवा केन्द्र सञ्चालनमा आएसंगै उपचारको लागि काठमाण्डौं नै जानुपर्ने बाध्यता समाधान हुने उनको भनाई छ ।


लुम्बिनी चिन्तन

थप समाचार