Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिफारिस १८ देशका राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०८१ मंगलवार
  • 400
    SHARES

सिफारिस १८ देशका राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

भैरहवा, साउन २९ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी दिन आह्वान गरेको छ।  आज बसेको समितिको बैठकले १० दिनको समय राखेर उजुरी दिन आह्वान गरेको हो ।   परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यसैको आधारमा आज बसेको सुनुवाइ समितिको बैठकले सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी दिन आह्वान गरेको हो ।  
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 


लुम्बिनी चिन्तन

थप समाचार