Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आज ६ वटा संसदीय समितिको बैठक बस्दै


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०८१ बिहिवार
  • 420
    SHARES

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भैरहवा, साउन २४ । प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका २ वटा गरी ६ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ । 
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ । 
यसैगरी, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 
दिउँसो साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
यस्तैगरी, दिउँसो २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार