Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

त्रिविले ल्यायो २६ अर्बको बजेट


  • लुम्बिनी चिन्तन
  • श्रावण १५, २०८१ मंगलवार
  • 444
    SHARES

त्रिविले ल्यायो २६ अर्बको बजेट

भैरहवा, साउन १५ । त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१-८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् ।त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ ।आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ ।सभाले नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार