भैरहवा, साउन १४ । श्रीकृष्ण नेत्रालय तथा यसका शाखाहरूको आउँदो वर्ष २०८१–८२ को लागि कार्ययोजना बैठक सम्पन्न भएको छ। यसमा गत आर्थिक वर्ष २०८०–८१ को कार्यको समीक्षा गर्दै समस्या चुनौती तथा समाधानको सूक्ष्म रूपमा विश्लेषण गर्दै कार्य योजना बैठक सम्पन्न भएको हो। बैठकमा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर सलमा के सी, संरक्षण डाक्टर सुदर्शन प्रसाद धिताल, रेटिना विशेषज्ञ डा. रोशीजा खनाल रिजाल अस्पताल व्यवस्थापक आमोदकुमार सिंह अस्पताल व्यवस्थापक नारायण किशोर गैरेले आफ्नो भनाइ राख्नुभएको थियो। आउँदो आर्थिक वर्षमा श्रीकृष्ण नेत्रालयले ५० हजार जना आँखाको रोगीहरूलाई आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।