Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सात वटा संसदीय समितिको बैठक आज बस्दै


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 410
    SHARES

सात वटा संसदीय समितिको बैठक आज  बस्दै

भैरहवा, साउन ०९ । बुधबार एकै पटक सातवटा संसदीय समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय समितिको कार्यकक्षमा विभिन्न सात समितिका बैठक बस्न लागेका हो । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमाथि छलफल हुनेछ । 
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 
त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा  छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार