Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भारत सरकारले नेपाललाई ७ सय करोडको अनुदान दिने


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०८१ मंगलवार
  • 404
    SHARES

भारत सरकारले नेपाललाई ७ सय करोडको अनुदान दिने

भैरहवा, साउन ०८ । भारत सरकारले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई आर्थिक वर्ष २०२४÷०२५ का लागि गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ । नेपाललाई भारतले आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान दिनेचालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ  ।छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार