Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

माओवादी केन्द्रले विद्युत बक्यौता बारे प्रधानमन्त्रीविरुद्ध भ्रम छरेको एमालेको आरोप


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०८१ मंगलवार
  • 506
    SHARES

माओवादी केन्द्रले विद्युत बक्यौता बारे प्रधानमन्त्रीविरुद्ध भ्रम छरेको एमालेको आरोप

भैरहवा, साउन ०८ । डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा नेकपा माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको नेकपा एमालेका सांसद पदम गिरीले बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माओवादी केन्द्रले ऊर्जा  मन्त्रालयको नेतृत्व निरन्तर गर्दा विवादको समाधान नगर्ने अहिले आएर प्रधानमन्त्रीको विरुद्ध भ्रम छरेको आरोप लगाए । विगत ८–१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सांसद गिरीले सो समयको विद्युत् महसुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘कुनै उद्योगी व्यवसायीसँग हाम्रो व्यक्तिगत लेनदेन होइन । तर राज्यले निर्णय लिँदा विधिभित्र टेकेर लिनुपर्छ कि पर्दैन । कानूनको जगमा उभिएर गर्नुपर्छ कि पर्दैन भन्ने हो । सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिम सबै उद्योगीहरुसँग विद्युत् महसुल उठाउने बताए ।


लुम्बिनी चिन्तन

थप समाचार