भैरहवा, साउन ०८ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार सांसदहरुको मौखिक प्रश्नको जवाफ मन्त्रीहरुले दिनेछन् । यस्तै, बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ । 