Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्विनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्य हुने


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८१ सोमवार
  • 414
    SHARES

लुम्विनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्य हुने

भैरहवा, साउन ०७ । लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन्। यस अघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो। एमाले लुम्विनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न लागिएको बताए।हो अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दावी पेश गर्दैछौं। उनले भने।आचार्य तिन पटक मन्त्री बनेका आचार्य यसपटक संसदीय दलका नेता समेत रहेका लिला गिरीलाई उछिनेर मुख्यमन्त्री बन्न लागेका हुन्।अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए र एमाले दल नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए। भने माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्री थिए। आचार्यको नेतृत्वमा सरकारमा बनाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए। 


लुम्बिनी चिन्तन

थप समाचार