भैरहवा, साउन ७ । प्रतिनिधि सभाको बैठक आज (साउन ७ गते) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।