Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 772
    SHARES

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

भैरहवा , साउन ६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत  र मत दिन्न भन्नेमा १ मत प¥यो ।संसदमा आइतबार २६३ जना उपस्थित थिए ।प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार