Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अघिल्लो सरकारको दुषित परिणमलाई टुलुटुलु हेरेर बस्न सकेनौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं: प्रधानमन्त्री ओली


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 514
    SHARES

अघिल्लो सरकारको दुषित परिणमलाई टुलुटुलु हेरेर बस्न सकेनौं,  भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं:  प्रधानमन्त्री ओली

भैरहवा , साउन ६ । प्रतिनिधि सभामा आइतबार विश्वासको मत माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र  नसहने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ,’ उनले भने। कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कारबाही हुने उनले बताए। ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं। सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं,’ उनले भने। 
संसदमा बोल्दै उनि भन्छन, यस सरकारले अफु अग्लो हुन अरुलाई हाचो बनाउने कोशिस गर्ने छैन । आफु बरु देखिन्न तर अरुलाई हिलो छ्यापने काम पनि गर्दैनौं । 
यसैगरी अघिल्लो सरकारको दुषित परिणमलाई टुलुटुलु हेरेर बस्नु नसकेको र नयाँ सरकार बनाएको प्रधानमन्त्रीले बताए ।  
उनले भने, नेपाली कांग्रेस र नेकपा एमालेले पटकपटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन जसको कारणले समाजमा अनेकन दुषित परिणम निष्कने खतरा बढ्यो । जसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौ । त्यसैले गर्दा यो नयाँ सरकार हामीले बनाएका हौं । 


लुम्बिनी चिन्तन

थप समाचार