Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्री ओली भन्छन् : सेयर बजार २७ महिनाकै उच्च विन्दुमा आयो, यो हाम्रो सरकार बनेपछि भएको हो ।


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 356
    SHARES

प्रधानमन्त्री ओली भन्छन् : सेयर बजार २७ महिनाकै उच्च विन्दुमा आयो, यो हाम्रो सरकार बनेपछि भएको हो ।

भैरहवा , साउन ६ । प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् । संसदमा आइतबार बोल्दै उनले वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको हो । हाम्रो सरकारप्रतिको विश्वासकै कारण यो सम्भव हो । अब सेयर बजारमात्र होइन, पूरै बजार चलायमान बनाइनेछ । 


लुम्बिनी चिन्तन

थप समाचार