भैरहवा , साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वास मत नदिने निर्णय गरेको हो।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले ‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न (ह्विप) जारी गरिएको छ ।
शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए।आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ।नेपाली कांग्रेस, नेकपा एमालेका अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले प्रधानमन्त्रीलाई विश्वासका मत दिँदैछन्।माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपाले विपक्षमा मतदान गर्ने छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठकले पनि आजै बस्दैछ। राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने, नदिनेबारे निर्णय गर्नेछ।