Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 390
    SHARES

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

भैरहवा, साउन ०६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज) आइतबार साउन ६ गोत) विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ओलीलाई संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलगायत अन्य केही साना दलले पनि विश्वासको मत दिने बताइसकेका छन् । प्रधानमन्त्री ओली नेपाली कांग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको हो । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।


लुम्बिनी चिन्तन

थप समाचार