भैरहवा, असार ०३ । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। अर्थमन्त्रालय नपाएको भन्दै मधेस सरकारले समर्थन फिर्ता लिने चेतावनी दिएको हो । यसअघिको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय नदिएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो । सहमति कार्यान्वयन नभएको विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाइएको छ । बदलिएको समीकरणमा कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दाबी गर्दै आएको छ । मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफैं राख्ने अडान लिएपछि कांग्रेस बिच्किएको हो । मुख्यमन्त्रीले सहमति पालना नगरे कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने कांग्रेसको चेतावनी छ । अर्थमन्त्री नपाएपछि कांग्रेसले सरकारमा पठाउन लागेका चार मन्त्रीले सपथ लिन मानेका छैनन् । कांग्रेसले समर्थन फिर्ता लिए सिंह नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । त्यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारसँग असन्तुष्ट देखिएको छ ।१ सय ७ सदस्यीय मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो दल छ भने कांग्रेसको २२ सिट छ । मधेसमा जनतमतका १३ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।