Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाली कांग्रेसको मन्त्रीहरुको नाम टुंगो


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०८१ सोमवार
  • 336
    SHARES

नेपाली कांग्रेसको मन्त्रीहरुको नाम टुंगो

भैरहवा, असार ३१ । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् ।यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् ।शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् ।बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।
 


लुम्बिनी चिन्तन

थप समाचार