भैरहवा, असार ३१ । नेकपा एमालेले सरकारमा सहभागी हुन लागेका मन्त्रीहरुको नामावली करिब टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय सम्हाल्नेछन् ।