Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गरिदै


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०८१ आइतवार
  • 414
    SHARES

आज नयाँ प्रधानमन्त्रीको नियुक्ति  गरिदै

भैरहवा, असार ३० । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने भएका हुन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज आइतबार असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न गत शुक्रबार आह्वान गरेका थिए । सोही आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै, आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार