भैरहवा, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा बोल्दै संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको बताएका छन् । शुक्रबार बैठकमा विश्वाको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन, प्रधानमन्त्री प्रचण्डले भने ।