Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 358
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो

भैरहवा, असार २८ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  ।काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो । जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ । जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका थिए  ।जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौंबाट बुद्ध एयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार