भैरहवा, असार २८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार (असार २८ गते) प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।