Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 344
    SHARES

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

भैरहवा, असार २८ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । रास्वपाको शुक्रबार विहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । निर्णय भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ । रास्वपाले प्रतिपक्षमा बस्ने र शसक्त भूमिका प्रदर्शन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री प्रचण्डले पाँचौपटक शुक्रबार विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।


लुम्बिनी चिन्तन

थप समाचार