Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

४ दिनपछि स्वीकृत भयो जसपाका मन्त्रीहरूको राजीनामा


  • लुम्बिनी चिन्तन
  • आषाढ २४, २०८१ सोमवार
  • 356
    SHARES

४ दिनपछि स्वीकृत भयो जसपाका मन्त्रीहरूको राजीनामा

भैरहवा, असार २४ । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो ।उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए । राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् । जसपा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको दल हो ।download.jfif


लुम्बिनी चिन्तन

थप समाचार