Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 412
    SHARES

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौ असार २०।

नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वमा पुन: माधव नेपालले निरन्तरता पाएका छन्। पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

नेपाल अध्यक्ष हुँदा झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिवका रूपमा सर्वसम्मत निरन्तरता पाएका छन्। अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हाे।

महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेकाे हाे। अन्य पदाधिकारी चयनका लागि शुक्रबार बिहान १० बजेसम्मकाे समय माग भएकाे बताइएकाे छ।


लुम्बिनी चिन्तन

थप समाचार