Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 362
    SHARES

लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

२० असार,बुटवल ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।

एमालले केन्द्रमा प्रचण्ड सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । आज बिहीबार मात्रै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार