भैरहवा, असार २० । नेपाली काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।नेपाली काँग्रेसले नेकपा एमालेसँगको सहकार्यमा सत्ता साझेदारी गर्ने सहमति गरेको छ । सोही सहमतिबमोजिम नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।