भैरहवा, असार २० । निर्वाचन आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबारका लागि तय गरिएको सुनुवाइ स्थगित गरेको हो । आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।