Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एमालेले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 324
    SHARES

एमालेले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

१९ असार, काठमाडौं ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेका छन् । समर्थन फिर्ता लिएको पत्रसँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

२१ असारमा प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग सहमति गरेपछि एमालेबाट ८ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार