भैरहवा, असार १९ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न भनि आग्रह गरेका छन् ।
३ महिना १५ दिनसम्म नखुलेका फाइलहरु अब सरकार ढल्ने बेला खुल्न थालेका रहेछन्, फाइल खुल्ने भए अझै १ महिना यही सरकार हुन्छ । धमाधम खोल्नुहोस् र जेल हाल्नुहोस्, हाम्रो समर्थन छ, । ‘होइन भने सिर्फ राजनीतिक स्टन्डबाजी नगरौं । उनले सामाजिक सञ्जालमार्फत भनेका छन ।
भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै सुन प्रकरणमा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका पुत्रलाई चोख्याएर उन्मुक्ति दिएको बिर्सनु भो ? भनेर लेखेका छन् । गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस–एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए ।