Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८१ बुधवार
  • 296
    SHARES

बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा

काठमाण्डौ असार १९।

बोल्न पाउने अधिकार हनन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन्।

केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ। बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ

‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छदफल थालेको हो।

 
 

यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरणसमेत सोधेको छ।

ढकालले सत्य उजागर गर्दा आफ्नो महामन्त्री पदको मृत्युसमेत हुनसक्ने बताएका थिए।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो।

यसैबीच रास्वपाले परिवर्तित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्दैछ। सोमबार राति नेपाली (कांग्रेस) र नेकपा (एमाले)का बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

सहमतिअनुसार नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार साँझसम्मको समय मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त नगर्ने र सदनबाट विश्वासको मत लिने बताइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मंगलबार सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकले रास्वपा कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने निर्णय गरेको थियो।

यसबारे पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।


लुम्बिनी चिन्तन

थप समाचार