Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

केही व्यक्तिको फाइल खुलेपछि रातारात परिवर्तन आयो : गृहमन्त्री लामिछाने


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८१ मंगलवार
  • 344
    SHARES

केही व्यक्तिको फाइल खुलेपछि रातारात परिवर्तन आयो : गृहमन्त्री लामिछाने

भैरहवा असार १८ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केही व्यक्तिलाई जोगाउनकै लागि रातारात सत्तासमीकरण परिवर्तन गरिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले केही व्यक्तिका फाइल खुलेपछि पछिल्लो परिवर्तन भएको जिकिर गरे।

मंगलबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खुल्नुपर्‍याे। फाइल यस्तो खुल्यो कि (सरकार) एक रात पनि टिक्न नसक्ने भयो।’

एमाले–कांग्रेसको सहमतिलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेको विषयसँग जोडेर गरिएको प्रश्नमा लामिछानेले भने, ‘अनि यो बेचैनीको अर्को के अर्थ होला त ? एकाएक संविधान जोगाउने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको यति पनि बुझ्न नसक्ने को छ र ? सबैले बुझेकै कुरा हो ।’

विषम राजनीतिक परिस्थितिमा सबै दलहरू मिल्नु स्वाभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए। सुशासनका लागि केही व्यक्ति पक्राउ परेपछि संविधान बचाउने नाममा रातारात परिवर्तन आएको लामिछानेको जिकिर छ।

‘आज के संकट आइलाग्यो ? सुशासनका लागि केही मानिसहरू पक्राउ परे, यो देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसलाई आउन लागेको संकट थियो ? कसलाई जोगाउन रातारात यो परिवर्तन भयो, यति पनि बुझ्न सकिँदैन र ?’ उनले भने।

साे क्रममा सभापति लामिछानेले रास्वपा नयाँ बन्ने सरकारमा सहभागी नहुनेसमेत प्रस्ट पारे।


लुम्बिनी चिन्तन

थप समाचार