Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८१ मंगलवार
  • 394
    SHARES

राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

भैरहवा असार १८ ।

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको हो।

सचिवालय बैठकका निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नै सत्तासमीकरण बदल्न वातावरण बनाएको निष्कर्ष बैठकको रहेको जानकारी दिए।

ज्ञवालीले भने, 'हामी त यो गठबन्धनलाई ०८४ को आमनिर्वाचनसम्म नै लैजान चाहन्थ्यौँ। तर, प्रधानमन्त्री प्रचण्डले हामीसँग कुनै सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग राष्ट्रिय सहमतिको सरकार आवश्यक परेको भन्दै छलफल थाल्नुभयो। त्यसले अविश्वास पैदा गर्‍यो र नयाँ परिस्थितिको विकास भयो।

उनले नयाँ परिस्थिति बनेकाले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास पनि व्यक्त गरे।


लुम्बिनी चिन्तन

थप समाचार