भैरहवा, असार १७ । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । एमालेबाट विभाजित भएपछि गठित एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशनमा आजवाट बन्द सत्र सुरु हुने भएको हो । आईतबार उदघाटन समारोह सकिएपछि सोबार महाधिवेशन अन्य बिषयमा प्रवेश गर्ने भएछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया पनि सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ ।
एमाले परित्याग गर्दै नयाँ कम्युनिष्ट पार्टीको रुपमा स्थापित एकीकृत समाजवादीले तीन बर्षपछि पहिलो महाधिवेशन गरेको हो । महाधिवेशनले अध्यक्षसहित २१ पदाधिकारी, २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुरु भएको महाधिवेशनमा १ हजार ८ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । हिजो महाधिवेशन उदाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष माधव नेपालले एमाले परित्याग गर्नुको औचित्य पुष्टि भएको बताएका थिए । एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरवहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत दलका नेता भने सहभागी भएका थिए । तर एमाले अध्यक्ष ओली भने सहभागी भएनन । एमाले अध्यक्ष केपी ओलीले आन्तरिक विवाद चर्किदै गएपछि दोस्रो पटक संसद विघटन गरेपश्चात् नेता नेपालको अगुवाइमा एकीकृत समाजवादी गठन गरिएको थियो ।